२०८१ जेष्ठ ९ गते बुधवार

दाङमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु



दाङ, ३१ साउन ।
दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी सल्यान बागचौर नगरपालीका २ का २६ वर्षीय कमल डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका डाँगीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराति मंगलबार राति तुलसीपुर उपमहानगरपालीका – ८ चमिखोला रा ४ प ९९०९ नम्बरको मोटरसाइकल अनीयन्त्रीत भई दुर्घटना भएको हो । दुर्घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार