२०८१ साउन ५ गते आइतवार

यसरी भएको थियो अटो दुर्घटनाः घटनास्थलमै एक जनाको मृत्यु



सल्यान, ३१ साउन ।

सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका -४ अकाशेका अन्दाजी ५१ वर्षीया ठगी कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अन्य दुई जना भने सामान्य घाइते भएको र उनीहरुको उपचार स्थानीय मेडिकल लुहाममा भईरहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो त्रिवेणी गाउँपालिका वडा नं. ६ लुहाम बजारबाट वडा नं.५ ढोरचौर गाउँतर्फ जाँदै गरेको रा १ ह ३९३० नम्बरको अटो त्रिवेणी गाउँपालिका वडा नं. ५ लाम्रीखोलास्थित भित्री कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

उकालोमा चढ्न नसकेपछि पछाडी आउँदा अटो सडकबाट करिब १५० मिटर तल खसेको थियो । अटो चालकलाई नियन्त्रणममा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ३१ गते बुधवार