भारतको लद्दाखस्थित लेह जिल्लामा सैनिक सवार ट्रक दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ।
एक जुनियर कमिसन अफिसर र आठ जवानको मृत्यु भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। शनिबार साँझ १० जना सवार ट्रकमा रहेका अर्का एक जना घाइते भएका छन्।
एउटा एम्बुलेन्स र एक भ्यानसहित केरी भनिने क्षेत्रतर्फ जाँदै गरेको ट्रक सडकबाट खसेको हो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन्।
#थाहा खवर
प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार