
दाङ, ४ भदौ ।
रुकुमबाट नेपालगन्जका लागि छुटेको गाडी सल्यानमा दुर्घटना भएको छ । रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको हाइस आज दिउँसो साढे २ बजे कपुरकोट गाउँपालिका ३ आगर खोेलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ ।
दुर्घटनामा परि घाइते भएका १२ जनाको उद्दार गरि स्थानीय स्वाथ्य चौकी र नजिकको मेडिकलमा लागिएको छ । गाडीमा कति जना सवार थिए र कति घाइते भएका छन् भन्ने एकिन विवरण आउन बाँकी रहेको छ ।
घटना स्थलमा उद्दारको काम भइरहेको छ भने प्रहरीले थप अनुसन्धान गरिहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति : २०८० भाद्र ४ गते सोमवार