
टिप्परको ठक्करबाट बंगलाचुलीमा एक जना गम्भीर घाइत
दाङ,११ भदाै ।
दाङको बंगलाचुलीमा टिप्परको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्बर ४ तल्लो काभ्रे निवासी ३३ वर्षका युवराज अधिकारी गम्भीर घाईते हुनुभएको छ।
घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने रा १ ख २२८४ नम्बरको टिप्परले रा ६ प ५२४५ नम्बरको मोटर साईकललाई ठक्कर दिदा अधिकारी गम्भीर घाइते हुनुभएको हो । घाइते अधिकारीलाई बंगलाचुली अस्पतालमामा सामान्य उपचार पछि थप उपचारकाका लागि घोराही ल्याईएकाे छ ।
दुर्घटना आज विहान ८ बजे भएको हाे। स्थानीयले दुर्घटनामा स्थल ठाटिगैरामा जम्मा भयर सडक अवरुद्ध समेत गरेका छन् । टिप्पर खलासीले चलाएको र ड्राइभर घोराही बसेको पाईएको छ ।#चौथोअंगबाट
प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार