२०८० फाल्गुन १३ गते आइतवार

तरकारी बोकेको मिनि ट्रक दुर्घटना



सल्यान, ११ भदौ ।

सल्यानमा तरकारी बोकेको मिनि ट्रक दुर्घटनामा परेको छ । तरकारी बोकेर बाँकेको नेपालगन्ज देखि रुकुम चौरजहारी तर्फ जाँदै गरेको ट्रक सोमबार विहान ११ बजेतिर सडकमै पल्टिएको हो ।

कर्णाली प्रदेश ०० क ०१५४ नं मिनि ट्रक दुर्घटना हुंदा वर्ष २३ का चालक रितिक विक र वर्ष १८ का सहचालक आशिष चौधरी घाइते भएको स्थानियले जनाएका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ ज्यामिरेखोला नजिकमा ट्रक पल्टिएको हो । चालकका अनुसार “ब्रेक फेल“ भएर ट्रक दुर्घटनामा परेको हो ।

घाइते दुवै जनाको बाँझकोट स्वास्थ्य चौकी च्युरामा उपचार भइरहेको छ । स्वास्थ्य चौकीकाका अनुसार दुबैको अवस्था समान्य रहेको छ । उनीहरुको हात खुट्टामा सामान्य चोट लागेको छ ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार