२०८१ साउन ८ गते बुधवार

तेलमिलमा आगलागी हुँदा डेढ करोडको क्षति



दाङ, १६ भदौ ।

तुलसीपुरमा एक तेल मिलमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को गणपति तेल मिलमा आगलागी हुँदा करिब डेढ करोड बराबरको क्षति भएको छ ।

आगलागीबाट मानविय क्षति हुन भने नपाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।

आगलागी गएराती करिब १ बजेतिर भएको हो । आगो करिब २ घण्टामा नियन्त्रणमा आएको हो । तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरको सहायताले आगो नियन्त्रणमा आएको डिएसपी मल्लले बताउनुभयो ।

विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १६ गते शनिवार