२०८१ माघ १२ गते शनिवार

सल्यानमा बस पल्टिँदा ७ जना घाइते, २ को अवस्था गम्भिर



दाङ, १७ भदौ ।
सल्यानमा बस पल्टिँदा ७ जना घाइते भने दुई जनाको अवस्था गम्भिर रहेको छ । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख २५४१ नम्बरको बस आज बिहान साढे १० बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार घाइतेहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ भने पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार