तस्बिर : भ्युमान पुनमगरको फेशबुकवालवाट
बाँके,२२ भदौ ।
दाङबाट बर्दियाको ठाकुरद्वारा जाँदे गरेको बस दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ । बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा १५ जना घाइते भएका छन् ।
बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा बसमा सवार ५ जनाको मृत्यु भएको कोहलपुरका डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।
ठाकुरद्वारा बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता बस रिसर्ज गरेर दाङको थारु संग्रहालय भ्रमण गरी फर्किने क्रममा राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर बस दुर्घटना भएको हो ।ईकान्तीपुरवाट