२०८१ बैशाख ११ गते मङ्गलवार

सवारी दुर्घटनामा गम्भिर घाईते भण्डारीको मृत्यु



तुलसीपुर, ३१ भदौ ।
तुलसीपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुमतर्फ जादैगरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले डोक्रेनाबाट तुलसीपुरतर्फ आईरहेको रा १ ह ४४५९ नम्बरको अटोलाई बिहान करिब ९ बजेतिर ठक्कर दिदा अटोमा सवार पाँच जना घाईते भएका थिए ।

दुर्घटनामा गम्भिर घाइते तुलसीपुर १६ डोक्रेनाका १३ बर्षिय दामोदर भण्डारीको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले बताउनुभयो ।

त्यस्तै अन्य घाईते हुनेमा अटो चालक तुलसीपुर उपमहानगरपालिका ६ गोलौराका ५७ बर्षिय तिलबहादुर कार्की, तुलसीपुर १६ डोक्रेनाका लोकबहादुर बस्नेतकि ११ बर्षिया छोरी बर्षा बस्नेत र ६ बर्षिया श्रृष्टी बस्नेत र सोही ठाउँका प्रकास डाँगीकी छोरी १८ बर्षिया मञ्जु डाँगी रहेको उहाँले बताउनुभयो ।

अन्य घाइतेहरुको को अबस्था भने सामान्य रहेको र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दुबै सवारीका साधन प्रहरीको नियन्त्रणमा रहेका छन् भने गाडी चालक फरार रहेका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार