२०८१ असोज २७ गते आइतवार

तीजमा महिनावरी भयो के गर्ने ?



दाङ,१ असोज ।

मासिक धर्म भएर ब्रत वस्ने नवस्ने,भन्ने विषयमा अन्योलता छ भने-तीज पर्व हामी महिलाहरुकै पर्व हो ।परापूर्व कालमा पार्वतीले श्री महादेव पति पाउँ भनि कठोर ब्रत गरी महादेव पति प्राप्त गरेको किंवदन्ति छन्।

अत: आफ्नो परिवारीक कुशलताको लागि दिर्घायूको लागि आफ्नो स्वास्थ्य स्थिति जाँच गर्ने राम्रो दिन पनि हो । यस दिन शिव परिवारको पुजनले पारिवारीक एकता ,प्रेम एवं सद्भाव पनि वृद्धि हुन्छ।

सके र मिलेसम्म यो दिन दम्पत्ति हुनुभएकाले संगै पुजा आरधना गर्दा अत्यन्तै राम्रो शुभ मानिन्छ।

अब महिनावरी भयो ,रोकियो के गर्ने त ! 
महिनावरी एक धर्म हो प्राकृतिक नियम हो।यो विना सृष्टि असम्भव छ अतः यो कुनै पाप होईन।यसैले ब्रत बस्न सकिन्छ ,मानसिक रुपमा मन्त्र जप अदि गर्न सकिन्छ।

टाढै बाट ईश्वरको दर्शन गर्दा पनि अशुभ हुदैन।अतः निश्चिन्त भएर खुसि संग तिज पर्व मनाउनुहोस्।

पन्चमीमा के गर्ने ?
सबै गर्ने तर पूजामा सहभागि नहुने,दतिवन चपाउने,स्नान आदि गर्ने। पंचमि गर्दा मासिक पाप कट्ने जुन धार्मिक मान्यता छ।

यो मात्रै होईन यो आयूर्वेदिक हिसावले अत्यन्तै महत्वपूर्ण तथा वैज्ञानिक हिसावले अत्यन्तै रोचक छ अतः ढुक्क भएर पंचमी पूजा वाहेक स्नान आदिमा सहभागि हुनुहोस्।

पंन्चमी,मंगल चौथी एकैदिन छ के गरौ भन्ने अन्यौलता छ भने मंगल चौथी ब्रत लिनेले भोली बिहान १०:३० भित्र सोको पुजन सक्नु र पश्चात् पंन्चमी गर्नु।किनकी भोली एकैदिन बिहान झन्डै १०:३७ सम्म चौथी र पश्चात् पंन्चमी तिथी रहेको छ ।

लेखक: नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश सचिव हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार