२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुरबाट छुटेको बस रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते



दाङ, ८ असोज ।
तुलसीपुरबाट छुटेको गाडी रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट छुटेको रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर २ ओइलाङमा आज दिउँसो साढे ३ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी श्याम सारु मगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परि रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर २ ओइलाङका २५ बर्षिय जेनीसा डागी, गंगादेब गाउँपालिका वडा नम्बर ३ बडा ढुङगाका ४४ बर्षिय मोहन केसी र गंगादेब गाउँपालिका वडा नम्बर २ हेलुम खोलाका ४० बर्षिय सिता बिक घाइते भएको उहाँले बताउनुभयो ।

घाइते मध्य जेनीसा, मोहन र सीताको अवस्था मध्यम रहेको र उनिहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको डिएसपी सारु मगरले बताउनुभयो । अन्य तिन जनाको अवस्था सामान्य रहेको छ । गाडीमा २० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार