२०८० फाल्गुन १३ गते आइतवार

मोटरसाइल र कार ठोकिदा दाङमा एक जना घाइते



दाङ, १६ असोज ।

दाङमा मोटरसाइल र कार एक आपसमा ठोकिदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक राप्ती गाउँपालिका ६ का ३६ वर्षिय रामजाम अली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

मंगलबार (आज) बिहान करिब ९ बजेतिर घोराही उपमहानगरपालिका ११ बुकाली डाँडा नजिक घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको लु ९ प ६५८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ६६६५ नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा अली घाइते भएको डिएसपी मल्लले बताउनुभयो ।

घाइते अलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको हाम्रा सामुदायीक सम्वाददाता किरण केसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार