२०८१ जेष्ठ १६ गते बुधवार

दाङबाट झिम्पे जाँदै गरेको बस सल्यानमा दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु



सल्यान, २० असोज । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले बताउनुभयो । उहाँका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनिहरुको परिचय खुलेको छैन् । आफुहरु अहिले घाइतेहरुको उद्धार गरिहरकोले घटनाबारे विवरण केहि समय पछि आउने उहाँको भनाई छ ।

घटना स्थिलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केहि शकुसल रहेको यात्रु तोभान खड्काले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार