२०८१ चैत्र १२ गते मङ्गलवार

पिकअप र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु,एक गम्भीर घाइते



गढवा, १४ ।

कार्तिक दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ समयथान मन्दिर अगाडि पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।

किराना सामान बोक्ने लु ३ च ३८५३ पिकअपले राजपुर-२, सोमाइथान मन्दिर अगाडि रा २ पा ४९११ नम्बरको मोटरसाइकललाई मंगलबार राति करिब ८ बजेतिर ठक्कर दिएको हो।

ठक्करबाट मोटरसाइकल चालक राजपुर-२ बेला निवासी २१ वर्षीय श्रवण यादवको घटना स्थलमो मृत्यु भएको छ भने सोही ठाउँ निवासी २६ वर्षीय सबिना यादव गम्भिर घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने घाइतेलाई उपचारको लागि लमही अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार