२०८१ जेष्ठ १६ गते बुधवार

गौरीगाँउमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाईते



दाङ, १९ कार्तिक ।
तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते भएका छन् । घाईते हुनेमा दंगिशरण गाउँपालिका १ छर्कट्टाका १६ बर्षिय चालक अनिष केसी र सोही ठाउँका १४ बर्षिय रोषण चौधरी रहेको प्रहरी चौकी जसपुरका ईन्चार्ज विरबहादुर भण्डारीले बताउनुभयो ।

तुलसीपुरबाट दंगिशरण जादै गरेको रा ६ प ३३२४ नम्बरको मोटरसाईकल आज दिउँसो ३ बजे तुलसीपुर १० गौरीगाउँको वडा कार्यालय नजिकै आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको हो ।

उहाँका अनुसार मोटरसाईकल तिब्र गतिमा रहेकाले अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाईतेमध्ये चालक १६ बर्षिय अनिष चौधरीको बाँया खुट्टामा गम्भिर चोट देखिएको र मोटरसाईकलमा पछाडी सवार रोषणको अबस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा परि घाईते दुबैजनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाईएको उहाँले बताउनुभएको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार