२०८१ असार १ गते शुक्रवार

बंगलाचुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु



दाङ, ३० कार्तिक ।
दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बंगलाचुली गाउँपालिका ५ का ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बुढाको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा गएराति ११ बजे मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

घाइते बुढालाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचार पश्चात थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले घाइते बुढाको उपचारका क्रममा गएराति मृत्यु भएको बताउनुभयो ।

हिजो दिउँसो १ बजेर ४० मिनेटमा बंगलाचुली- ५ को गुरासेनी डाँडाबाट रा १ ह ५८०३ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक ३० गते बिहिवार