दाङ, १ मंसिर ।
दाङबाट काठमाडौंका लागि छुटेको बस रुपन्देहीमा दुर्घटना हुँदा २० जना घाइते भएका भएका छन् । घाइते भएका २० जनामध्य दुई जनाको अवस्था गम्भिर रहेको छ ।
गम्भिर घाइते हुनेमा दाङको शान्तीनगर गाउँपालिका वडा नम्बर ५ का २९ वर्षिय बिरेन्द्र चौधरी र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ का २० वर्षिया रिखी साहु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिनु भएको छ ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का २५ वर्षिया पूणर्िमा डागी, रोल्पाको होलेरी गाउँपालिका ७ का ५६ वर्षिय प्रेम चलाउने, सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर १ का ११ वर्षिय प्रेम रावत, रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर २ का २४ वर्षिय भिम ओाली र नुवाकोटको बिदुर नगरपालिका १० का २१ वर्षिया संगिता मोक्तान मध्यम घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ३२ वर्षिय शरद ओली, घोराही उपमहानगरपालिका ९ का १७ वर्षिय राहुल शाह, घोराही ९ कै २० वर्षिया मनिका योगी, शान्तीनगर गाउँपालिका ३ का २७ वर्षिय समिक्षा गाहा, बबई गाउँपालिका वडा नम्बर ५ का देविका बुढामगर रहेका छन् ।
यस्तै सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर १ का प्रकाश राउत, सल्यानको बन्गाड नगरपालिका वडा नम्बर ९ का २४ वर्षिय तिलक बुढाथोकी, सल्यान कपुरकोट गाउँपालिका ५ का ७ वर्षिया दिपिका साहु, रोल्पाको होलेरी गाउँपालिका वडा नम्बर ७ का रनबहादुर चलाउने रहेका छन् ।
नुवाकोटको बिदुर नगरपालिका १० का २६ वर्षिय नवराज मोक्तान, सोही ठाउँकै एक वर्षिय बालक विश्वास मोक्तान, सप्तरीको राजविराज नगरपालिका १२ का ६० वर्षिय शिवनारायण रजत, सोही ठाउँकै ६० वर्षिय ललितादेवी रजत सामान्य घाइते भएको डिएसपी भट्टले बताउनुभयो । घाइतेहरु सबैको देवदह मेडिकल कलेज भुलही रुपन्देहीमा उपचार भइरहेको छ ।
दाङको तुलसीपुरबाट बिहिबार साझ सवा ६ बजे छुटेको बागमति प्रदेश ०३-००१ ख २१३१ नम्बरको बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ भुलहीमा गएराती १०ः४० मा दुर्घटना भएको हो । बसमा ३८ जना यात्रु सवार रहेकोमा २० जना घाइते भएका छन् भने अरु सकुशल रहेको प्रहरीले जनाएको छ ।
बस सडकदेखि करिब ४ मिटर तल खसेको छ । बस चालक प्युठानको झिमरुक गाउँपालिका ३ का प्रदिप परियार प्रहरीको नियन्त्रणमा रहेका छन् । बसले ओभरटेक गर्न खोज्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।