२०८० मङ्सिर २२ गते शुक्रवार

माेटरसाईकल दुर्घटनामा शान्तिनगरका केसीकाे निधन



दाङमा  मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ ।

घाेराहि- तुलसिपुर सडक खन्डकाे गुहारखाेला नजिकै  रा ७ प ६५५४ नम्बरको मोटरसाइकल दुर्घटनामा परी चालक शान्तिनगर  ५ का  २८ वर्षिय अमृत के.सीकाे मृत्यु भएकाे ईलाका  प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे।

तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ८४६४ मोटरसाइकल र घोराही देखि तुलसीपुर तर्फ आउदै गरेको रा ७ प ६५५४ नम्बरको मोटरसाइकल ग्वार खोला नजिकै एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका केसिको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रा ४ प ८४६४ नम्बरको मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका १ श्रीनगरका २४ वर्षिय दिनेश बुढाथोकी र माेटरसाइकलकाे पछाडी सवार सोही ठाँउ निवासी  २४ वर्षिय  कमल केसि सामान्य घाइते रहेएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार