२०८० फाल्गुन १३ गते आइतवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु



दाङ, ९ मंसिर ।
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कैलालीको लम्कीचुहा नगरपालिका ८ कुन्तिखेतका २४ वर्षीय विकास भण्डारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर ७ गैरापातुदेखि दमारगाँउ तर्फ जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१-००९ प ६६५३ नम्बरको मोटरसाइकल आज दिउँसो बजे २ आफै अनियन्त्रीत भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका भण्डारीलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याइएकोमा दिउँसो ३ बजेतिर मृत्यु भएको हो । मृतकका अभिभावकले अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि शवको पोष्टमार्टम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार