२०८० फाल्गुन १३ गते आइतवार

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछी बसमा आगजनी



बुटवल, १६ मंसिर ।
रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिबार बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ । ठक्कर दिने बसमा स्थानीयले आगो लगाइदिएका छन् ।

प्रकाशित मिति : २०८० मङ्सिर १६ गते शनिवार