फाइल तस्बिर
दाङ,२१ मंसीर
घोराही–तुलसिपुर सडकको हात्तीखौवा चोकमा विहिवार साँझ भएको सवारी दुर्घटनामा एक जना घाईते भएका छन ।तुलसीपुरबाट हात्तिखौवा तर्फ जादै गरेको रा ७ प २६०४ नंम्बरको स्कुटिलाई सोहि दिशा तर्फ जादै गरेको रा ५ प ८११ नम्बरको मोटरसाइकल ले ओभरट्याक गर्ने क्रममा ठक्कर दिदा स्कुटर चालक प्रहरी हवलदार निनु खड्का घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो।
रोल्पाको परिबर्तन गाँउपालीका २ चौर स्थायी ठेगाना भएका खड्का लुम्बिनि प्रदेश प्रहरी कार्यलय दाङमा दरबन्दि भई उच्च अदालत तुलसीपुर दाङमा कार्यरत रहेको प्रबक्ता मल्ल्ले जानकारी दिनुभयो ।
घाइते खड्काको अवस्था सामान्य रहेको छ ।दायाँ हातको कुईना र मुखमा चोट लागेको उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज भएको प्रबक्ता मल्ल्ले जानकारी दिनुभयो । मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेका छन ।