२०८० फाल्गुन १३ गते आइतवार

खाना पकाउदा धाेतीमा सल्केकाे आगाेले जलेर तुलसीपुरमा एक जना घाइते 



 

दाङ,२२ मंसिर ।

दाङमा खाना पकाउने क्रममा आगाेले जलेर एक जना  घाइते भएका छन ।

घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं ७ बम्नैका ६९ बर्षिय दुर्पता जैशी रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचनद्र मल्लले जानकारी दिनुभयाे ।

शुक्रबार बेलीकी करिब ६ बजेकाे समयमा बम्नै मा रहेकाे आफ्नै  घरकाे छतमा खाना पकाउने क्रममा आफैले लगाएकाे धाेतीबाट आगाे सल्किदा आगोले  छात्ति र खुट्टा जलेर घाईते भएकाे प्रबक्ता मल्लले जानकारी दिनुभयाे।

घाइते जैशीलाई  राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचार पछि थप उपचारकोलागी भेरी अस्पताल नेपालगन्ज रिफर गरीएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २२ गते शुक्रवार