
सल्यान, २३ मंसिर ।
सल्यानमा ७० वर्षीय एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी गाउँपालिका–१ काभ्राको स्याला भन्ने ठाँउमा घरदेखि करिब सय मिटर टाढा पिमलाल कामी मृत अवस्थामा भेटिएका हुन ।
घरदेखि करिब सय मिटर टाढा कुलोमा अनुहार डुबेको अवस्थामा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमालाले बताउनुभयो ।
घरमा कोही नभएका वृद्ध सधैं मदिरा सेवन गर्ने गरेका र मदिरा सेवन गरेकै कारण लडेर कुलोमा अनुहार डुब्दा श्वासप्रश्वासमा समस्या भएर उहाँको मृत्यु भएको हुन सक्ने धमलाले बताउनुभयो । उहाँका अनुसार कामीको मुख भित्र पानी रहेको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिना पुगिसक्दा पनि सरकारले अझैं पूर्णता पाउन सकेको छैन् । लुम्बिनीमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रवीच कसिएको गाँठो अझैं फुकेको छैन् ।
दुई दलका उच्च पदस्त नेताहरुको विचमा छलफल गरेर सहमतीमा सरकार विस्तार गर्न प्रयास गरेपनि सहमति जुट्न सकेको छैन । तिहार सकिए लगत्तै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अग्रसरतामा सहमति खोज्ने प्रयास गरिएता पनि तत्काल सहमती निकाल्न भने सकेन ।
मन्त्रालय नबढाएर खाली रहेका तीन वटा मन्त्रालयबाट सहमति खोज्नेगरी छलफल अघि बढाउन नेपाली कांग्रेसले प्रस्ताव गरेको छ । तर, माओवादीले भने पूर्व सहमती अनुसार आफुले तीन वटा मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएको छ ।
लुम्बिनीमा अहिले ७ सदस्यीय मन्त्री मण्डल रहेको छ । जुन मन्त्रीमण्डलमा एक जना पनि महिला मन्त्री अटाउन सकेका छैनन् । तीन वटा मन्त्रालयमा विभागिय मन्त्री छैनन् । तराई र पहुँचवाला ठाउँका सांसदनै मन्त्री बनेका छन् । मन्त्री बन्नेहरुमा पहुँचवाला सांसदकै बोलबाला छ ।
यसअघिको सहमति अनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हो तर बाँकी ३ मन्त्रालय मात्रै रहेकाले उनीहरूलाई भागवण्डा पुराउन २ मन्त्रालय थप गर्नुपर्ने हुन्छ । यो सहमति अनुसार माओवादीले ६ महिनाअघि नै रोल्पाका दिपेन्द्र पुन र बाँकेका कृष्णा केसी नमुना लाई मन्त्री बनाउन सिफारिस गरिसकेको थियो । तर पुनको विषयमा कांग्रेस प्रदेश सभापतिले यसअघिको गठबन्धनविरूद्द वाँगी उम्मेदवारी दिएर चुनाव जितेकालाई मन्त्री बनाउन नसकिने भन्दै रोकेको स्रोतको दावी छ ।
नेकपा माओवादीले भने पूर्व सहमती कार्यान्वयन हुनुपर्ने अडान राखेको छ । कांग्रेस नेतृत्व सरकारमा सहभागि हुँदा पनि तीन वटा मन्त्रालय दिने सहमति भएको र सोही आधारमा दुई जना मन्त्री थपिनु पर्ने माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बताउनुभयो ।
लुम्बिनीमा रहेका १० दलमध्ये ८ दल मिलेर बैशाख १४ मा अहिलेको सरकार बनेको थियो । अहिले खानेपानी, उद्योग र वन मन्त्रालय विभागिए मन्त्री विहिन छन् । वर्तमान सरकारमा कांग्रेसका मुख्यमन्त्री सहित दुई, माओवादी, नागरिक उन्मुक्ति, जनमत, जनता समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीबाट एक–एक जना मन्त्री छन् ।।