२०८१ जेष्ठ १६ गते बुधवार

मसोटमा टिप्पर र मोटरसाइकल ठोक्किदा आमाको मृत्यु, छोरा घाईते



फाइल तस्बिर

दाङ, २६ मंसिर ।
दाङमा टिप्पर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ४ निवासी ६४ वर्षीय दिपा बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी जनक बहादुर मल्लका अनुसार घोराहीबाट लमहीतर्फ जादै गरेको रा १ ख २८४० नम्बरको खाली टिप्पर र सोही दिशातर्फ जादै गरेको रा ७ प ३३३१ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका ३ मसोट नजिकै ठक्कर दिएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक ९मृतकका छोरा० २३ वर्षीय सफल बुढाथाकी घाइते भएका छन् । घाइते सफलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने टिप्पर चालक घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ३२ वर्षीय प्रकास केसीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २६ गते मङ्गलवार