२०८१ जेष्ठ १६ गते बुधवार

तुलसीपुरमा माेटरसाईकलकाे ठक्करबाट एक जना घाईते



फाईल तस्बिर

दाङ,२८ मंसिर ।

माेटरसाईकलकाे ठक्करबाट तुलसीपुरमा एक जना घाईते भएका छन ।

घाईते हुनेमा तुलसीपुर १५ पहेलपारका  ३७ वर्षिय राधा केसी रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचन्द्र मल्लले जानकारी दिनुभयाे ।

तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीदेखि कोठरी तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साईकलकाे  ठक्करबाट केसी घाईते हुनुभएकाे थियाे ।

घाईते केसीकाे टाउको र ढाडमा भित्रि चोट लागेकाे छ । राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा  प्राथमिक उपचार पछी अहिले तुलसीपुर  सिटी अस्पताल तुलासीपुरमा उपचार भईरहेको छ ।

मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ  ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार