
दाङ,२८ मंसिर ।
दाङमा करेन्ट लाग्दा रूखबाट लडेर एक जना घाईते भएका छन ।
घाइते हुनेमा तुलसीपुर १२ उरहरी हेमनगरका ५० बर्षका बिष्णु बहादुर रेउले रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचन्द्र मल्लले जानकारी दिनुभयाे ।
रेउले बिहिबार दिउसाे आफ्नै बारीमा रहेकाे झिंगटकाे रुखमा घाँस काट्न चढ्नुभएकाे थियाे । रूखमा चढि घाँस काट्ने क्रममा रुखको हाँगा बिद्युतको मेन लाइनमा छुन जाँदा करेन्टको झट्का लागेकाे थियाे ।
करेन्टकाे झट्टका लाग्दा रूखबाट लडेर उहाँ घाईते हुनुभएकाे हाे । रेउलेकाे अबस्था मध्यम रहेकाे प्रहरि प्रबक्ता मल्लले जानकारी दिनुभयाे ।
घाईतेकाे राप्ति प्रादेशिक अस्पताल तुलसिपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा रिफर गरीएकाे छ।
प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार