२०८१ असार ४ गते मङ्गलवार

बाँकेमा उभिएर गाडी रोक्दै गरेका  ट्राफिक प्रहरीकाे गाडीकाे ठक्करबाट मृत्यु



फाईल तस्बिर 

नेपालगन्ज, २९ मंसिर ।

बाँकेमा गाडीको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । महेन्द्रराजमार्गमा पर्ने मदन चोकमा गाडीले ठक्कर दिँदा ट्राफिक प्रहरी विशाल वलीको मृत्यु भएको हो ।

उभिएर गाडी रोक्दै गरेका दुईजना ट्राफिक प्रहरीलाई भे १ च ३४०७ नम्बरको जिपले ठक्कर दिएको हो । घाइते भएका प्रहरी जवान ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का घाइते प्रहरी सहायक हवलदार लालबहादुर बुढाक्षेत्रीको अवस्था चिन्ताजनक रहेको बाँके प्रहरीले जनाएको छ । उहाँलाई भेन्टिलेटरमा राखिएको छ ।

बिहीबार राति प्रहरीलाई ठक्कर दिएर भागेको बलेरो जीप सहित चालकलाई गोर्खा बोर्डिङ स्कुल नजिकैबाट नियन्त्रणमा लिइएको छ । दुवै प्रहरी बाँकेबाट सुर्खेत जाने रत्नराजमार्ग खण्डको चपेपाङमा कार्यरत थिए ।

त्यहाँ डिउटी सकेर बर्दिया घर जान आएका थिए । सोही क्रममा मदन चोकमा गाडी रोक्न खोज्दा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार