दाङ, १ पुस ।
सवारी साधन बन्द गर्न खोज्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।
शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा मृत्यु भएका दुई मामा-भान्जाका आफन्तले उचित क्षतिपुर्तिको ब्यवस्था नभएसम्म शब अस्पतालबाट नउठाउने चेतावनी दिएका छन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार प्युठानको झिमरुक गाउँपालिका-४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरित दिशाबाट आउँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मृतकको शब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।
प्रकाशित मिति : २०८० पुष १ गते आइतवार