२०८१ जेष्ठ १६ गते बुधवार

गढवामा मोटरसाइकल दुर्घटनामा परी तीन जना घाइते



दाङ, १ पुस ।
दाङमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा गढवा गाउँपालिका ६ गढवाका करिब ३९ बर्षीय मोहन यादव, गढवा ६ हाँसीपुरका करिब २६ बर्षीय करण चौधरी र सोही ठाउँका करिब २० वर्षीय प्रविण चौधरी रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका प्रविन चौधरीलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगन्ज रेफर गरिएकोे छ । करण चौधरीको लमही अस्पतालमा उपचार भइरहेको छ भने मोहन यादवलाई थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा पठाएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो ।

आज दिउँसो गढवा गाउँपालिका ६ बालापुरमा रा ५ प ३४२५ नम्बरको मोटरसाइकल र रा ३ प ८७२९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसनधान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार