२०८१ साउन ८ गते बुधवार

दाङबाट बुटवलतर्फ जाँदै गरेको बस ट्रकसंग ठोक्किदा चार जना गम्भिर घाइते



दाङ, ३ पुस ।
दाङबाट बुटवलतर्फ जाँदै गरेको बस ट्रकसंग ठोक्किएको छ । पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोकिँदा चार जना गम्भीर घाइते भएका छन् ।

दाङबाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ९६४१ नम्बरको यात्रुबाहक बस सडक किनारमा रोकिराखेको ना ८ ख १९९४ नम्बरको ट्रकसंग ठोक्किएको हो ।

दुर्घटनापछि बसको बनोटमा बसेका ४ यात्रु च्यापिएका थिए । बसमा च्यापिएकाहरूको ४५ मिनेट लगाएर उद्धार गरिएको हो । गम्भीर घाइते चार जनालाई उपचारका लागि बुटवल लगिएको छ ।

बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार