२०८१ जेष्ठ १६ गते बुधवार

घोराहीमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु



दाङ, ४ पुस ।
दाङमा ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार घोराही १८ प्रगति टोलका कृष्ण घर्तिमगरको छोरी १७ वर्षिय माया घर्तिमगरको मृत्यु भएको हो ।

खाली ट्याक्टरबाट खस्दा घाइते भएका मायालाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको लागि लग्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

हिजो मंगलबार दिउँसो घोराही १८ रानीजरुवाबाट घोराही तर्फ जादै गरेको रा १ त १६५५ नम्बरकोे खाली ट्याक्टरबाट खस्दा घर्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक फरार रहेकाले खोजिकार्या भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार