२०८१ बैशाख ५ गते बुधवार

ब्रेक फेल भएर दाङ आउदै गरेको बस दमारगाँँउमा दुर्घटना



दाङ, १५ पुस ।

बर्दियाबाट दाङको चखौरा आउँदै गरेको बस दुर्घटनामा परेको छ । अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-१३ दमारगाउँ बनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटना हुँदा ३० जना बढी घाईते भएको प्रहरीले जनाएको छ ।

घाईतेलाई उद्धार गरी तुलसीपुर र नेपालगञ्ज पठाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४० जना सवार रहेका थिए ।

बसको ब्रेक  फेल भएर दुर्घटनामा परेको डिएसपी पोखरेलले बताउनुभयो । बस सडकको नालातिर गएकाले पनि ठुलो मानविय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार