२०८१ चैत्र ३ गते आइतवार

विधुत पाेलमा चढेर इन्टरनेट मर्मत गर्दै गरेका थापाकाे करेन्ट लागेर मृत्यु



  फाइल तस्बिर

रूकुम पश्चिम, २६ पुस ।
रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । इन्टरनेट मर्मतका लागि केन्द्रीय प्रसारण लाइनको पोलमा चढेको समयमा मुसिकोट नगरपालिका वडा नम्बर १ मठका २४ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइन नेटवर्कमा कार्यरत थापा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतु बजारमा बिजुलीको पोलमा चढेका बेला करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार करेन्ट लागेर घाइते भएका थापालाई उपचारका लागि बुधबार बेलुका साढे ६ बजे जिल्ला अस्पताल सल्ले पुर्‍याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । बिजुलीको पोलबाट इन्टरनेटको तार ल्याएका कारण मर्मत र जडानका क्रममा बेला बेलामा इन्टरनेट प्राविधिकहरूलाई करेन्ट लाग्ने गरेको छ ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार