२०८० फाल्गुन १३ गते आइतवार

फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु



 

दाङ, २६ पुस ।

कोहलपुर सुर्खेत सडकखण्ड अन्तर्गत बबईमा फोर्स गाडी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ३६३० नम्बरको गाडी सुर्खेत भेरिगंगा नगरपालिका वडा नम्बर ५ बबई नजिकै अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ११ विजयनगर बस्ने वर्ष २३ का रोशन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित गाडीमा सवार अन्य २५ यात्रु घाईते भएका छन । घाइतेहरुलाई उपचारकालागि शिक्षण अस्पताल कोहलपुर ल्याईएको छ । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार