२०८० फाल्गुन १३ गते आइतवार

भालुवाङ बस दुर्घटना अपडेट : मृत्यु भएका मध्य ८ जनाकाे पहिचान खुल्याे



दाङ,२८ पुस ।

दाङकाे भालुवाङ बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाकाे पहिचान खुलेकाे छ ।  मृत्यु हनेमा बाँकेका ६० वर्षका कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षका सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने  ६५ बर्षका रामाकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षका मुने रहेका छन ।

यस्तै जुम्लाका  ४० वर्षका  मुन बहादुर रावत,बाँकेका ३० वर्षका रामबरण हरिजन,रूकुमका २५ वर्षका दीपक कामी र
भारत विहारका  ६७ वर्षका जाेगेन्द्र राम रहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।

मृत्यु भएका ४ जनाकाे भने अझै पहिचान खुल्न बाँकी रहेकाे छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको  थियाे ।

बस चालक सल्यानकाे त्रिवेणी गाँउपालीका ४ निवासी २८ वर्षका लाल वहादुर नेपाली प्रहरीकाे नियन्त्रणमा रहेकाे प्रबक्ता डिएसपी मल्लले जानकारी दिनुभयाे।

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार