२०८१ माघ ४ गते शुक्रवार

मोतीपुरमा बस दुर्घटना



तुलसीपुर, ५ माघ ।
तुलसीपुरको मोतिपुरमा बस दुर्घटनामा परेको छ । घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर-७ मोतिपुरमा ना ७ ख ३५७६ नम्बरको बस दुर्घटनामा शुक्रबार राती ८ बजेतिर दुर्घटनामा परेको हो ।

बसमा अरु यात्रु नभएको र बसका तीन जना स्टाप सकुशल रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

विपरित दिशाबाट गईरहेको मोटरसाइकले फोकस लाईटका कारण बस दुर्घटनामा परेको चालकले बताएको प्रहरीले जनाएको छ । नारायणघाटबाट तुलसीपुर आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार