तुलसीपुर, १३ माघ ।
तुलसीपुरमा घरको छतबाट खसेर एक किशोरी गम्भीर घाइते भएकी छन् ।
घाइते हुनेमा तुलसीपुर-५ रानिजरुवा निवासी १७ वर्षिया कमला केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घरका अन्य सदस्यहरु भित्र रहेको अवस्थामा शुक्रवार बेलुका पौने ७ बजेको समयमा घरको छतबाट खसेर केसी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते किशोरीको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार