२०८१ कार्तिक १७ गते शनिवार

दाङमा खाना पकाउने क्रममा जलेर एक जनाकाे मृत्यु 



दाङ ,१९ माघ।

दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केकाे आगाेले जलेर एक जनाकाे मृत्यु भएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मि चाैधरीकाे जलेर मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसिपुरका प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

बिहिवार साँझ पाैने ८ बजेतिर चौधरीले आफ्नै घरमा कोहि नभएकाे  बेला दाउरा बालेर चुलोमा खाना पकाउने क्रममा कपडा बाट शरीरमा आगाे सल्किदा मृत्यु भएकाे भनी स्थानियले प्रहरीलाई खवर गरेका थिए।

खवर पाए लगत्तै  ईलाका प्रहरी तुलसिपुरबाट प्रहरी निरिक्षक नवराज के.सि.को कमाण्डमा ५ जनाको टोली घटनास्थल  पुग्दा  चाैधरीलाई मृत अवस्थामा फेला पारेकाे थियाे।

घटनाका विषयमा थप अनुसन्धान भैरहेकाे प्रहरी प्रबक्ता मल्लले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार