२०८१ असोज २१ गते सोमवार

बस र टिपर ठोक्किँदा १७ जना घाइते



पश्चिम नवलपरासी,१९ माघ।

बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन्।

बिहीबार राति पौने १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ गैरेपेट्रोल पम्प नजिकै काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प्र.प ०१-००१ ख ३४८० नम्बरको बस विपरीत दिशाबाट आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो।

पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराका अनुसार बसमा चालकसहित ३५ जना सवार थिए। दुर्घटना हुँदा १७ जना घाइते भएको डिएसपी बोहोराले जानकारी दिनुभयाे।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने ७ जना मध्यम र ९ जना सामान्य घाइते भएका छन्।

उनीहरूको रूपन्देहीको देवदह मेडिकल कलेज, चौराह हस्पिटल बुटवल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी बोहोराले जानकारी दिनुभयाे।

टिपर चालक नवलपरासी सुनवल नगरपालिका १० गैडाखालका २८ वर्षीय सुनिल दर्जीलाई नियन्त्रणमा लिइएको डिएसपी बोहोराले जानकारी दिनुभयाे। सेताेपाटिमा खवर छ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार