२०८० फाल्गुन १३ गते आइतवार

दाङमा माेटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते



दाङ,२७ माघ ।

दाङकाे दंगिशरण गाँउपालिकामा माेटरसाईकल अनियन्त्रित  भएर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।आज (शनिबार) बेलुकि सवा पाँच बजे दंगिशरण-३ बिजुलीपुरमा माेटरसाईकल दुर्घटनामा परेकाे हाे ।

पदमपुरबाट बिजुलीपुर तर्फ जाँदै गरेको रा ५ प २२४५ नम्बरकाे माेटरसाईकल आफै अनियन्त्रित भइ  दुर्घटना हुँदा दंगिशरण- ३ बिजुलीपुरका १६ वर्षका  माेटरसाईकल चालक मान बहादुर चौधरी घाइते भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।

चाैधरीकाे टाउको,अनुहार र दुबै खुट्टामा चोट लागेकाे छ। राप्ति प्रादेशिक अस्पताल तुलसिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएकाे प्रबक्ता मल्लले बताउनुभयो । उनकाे अबस्था गम्भीर रहेकाे छ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिवार