२०८० फाल्गुन १३ गते आइतवार

मोटरसाईकल र स्कुटी दुर्घटना, दुई जना घाईते



फाईल फोटो

तुलसीपुर, १ फागुन ।
तुलसीपुरमा मोटरसाईकल र स्कुटी दुर्घटना हुँदा दुई जना घाईते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर-१२ का ३० वर्षीय शीतल चन्दको हात र निधारमा चोट लागेका छ भने स्कुटी चालक शान्तिनगर-२ का २७ वर्षीया कल्पाना खड्काको बाहिरी चोट नदेखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

घाइते दुबैजनाको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पताल उपचार भइरहेको प्रवक्ता मल्लले बताउनुभयो ।

आज मंगलबार दिउँसो साढे १२ बजेतिर दंगीशरण-५ हेकुली चोकस्थित तुलसीपुरबाट हापुरेतर्फ जादै गरेको रा २ प ७७१७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रा ७ प ९०६२ नम्बर स्कुटी एक आपसमा ठोकिदा दुबै सवारीका चालक घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार