२०८१ साउन ८ गते बुधवार

दाङमा स्कारपियोको ठक्करबाट साईकलयात्रीको मृत्यु



फाईल फोटो

दाङ, २ फागुन ।

दाङमा स्कारपियोको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । स्कारपियोको ठक्करबाट प्युठानको झिमुरक-१ घर भई दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीका ३५ वर्षिय राधा बस्नेतको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२२ च १३६९ नम्बरको स्कारपियो गाडीले बस्नेतले चलाएको साइकललाई बुधबार (आज) दिउँसो साढे चार बजेतिर राप्ती गाउँपालिका-८ पिपरीमै ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भिर घाईते बस्नेतलाई प्राथमिकत स्वास्थ्य चौकी सिसहनियामा सामान्य उपचारपछि लमही अस्पतालमा लगिएको थियो । तर लमही अस्पतालमा डाक्टरले जाँदा गर्दा उहाँको मृत्यु भइसकेको थियो ।

गाडीको ठक्करबाट सोहि साइकलमा पछाडी सवार सोहि ठाउँ निवासी १६ वर्षिय विपना केसी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँलाई लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार