२०८२ बैशाख ८ गते सोमवार

दाङमा मोटरसाईकल दुर्घटनामा परी एक युवकको मृत्यु



दाङ, ६ फागुन ।
दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन् । रा ७ प ३१८६ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे गाँपालिका-१ का २७ बर्षिय आदर्श पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

घोराही उपमहानगरपालिका-१८ मा मोटरसाईकल दुर्घटना हुँदा घाईते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार अर्का गम्भीर घाईते सोही ठाँउकै ३५ बर्षिय रामकुमार पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार