२०८१ माघ १२ गते शनिवार

आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना,घाइतेको अवस्था गम्भिर



तुलसीपुर,८ फागुन
तुलसीपुरमा आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुदाँ चालक गम्भिर घाइते भएका छन् । आज (मंगलबार) बिहान घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३७२८ नम्बरको मोटरसाईकल तुलसीपुर-१८ मा आफै अनियन्त्रित भएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द« मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा परि सोही ठाँउ निवासी मोटरसाईकल चालक ३० वर्षिय अर्जुन खड्का गम्भिर घाइते भएका छन् । प्रहरी प्रबक्ता मल्लका अनुसार घाइते बस्नेतको टाउको,खुट्टा र ढाडमा चोट लागेको छ ।

दुर्घटनामा घाइते खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि मंगलवार नै थप उपचारका लागि नेपालगन्ज नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ८ गते मङ्गलवार