२०८१ साउन ५ गते आइतवार

ट्रक र मोटरसाईकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु



फाईल फोटो

तुुलसीपुर, २० फागुन ।
दाङको तुलसीपुर १२ मा ट्रक र मोटरसाईकल ठोकिदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मत्यु हुनेमा मोटरसाईकल चालक बाँके नेपालगंज उपमहानगरपालिका १ साईगाँउका अन्दाजी ३४ वर्षका शुरेश चन्द्र पाठक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाईते पाठकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा आज मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

मल्लका अनुसार मृतकको अविभावकलाई खवर भई सकेको छ । पाठकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको मल्लले जानकारी दिनुभयो ।

आज आइतबार दिउँसो ११ः २० मा ट्रक र मोटरसाईक एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट नेपालगञ्ज तर्फ जादै गरेको वाग्मती प्रदेश ०१००३ क ९७५६ नम्बरको मालबाहक ट्रकले नेपालगंजबाट तुलसीपुर तर्फ आउँदै गरेको भे १२ प ३४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रक चालक नवलपरासी विनय त्रिवेणी गाउँपालिका ५ का ३३ वर्षीय नारायण भण्डारी लाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरिक्षक मल्लले ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार