२०८१ साउन ५ गते आइतवार

चलिरहेको गाडीबाट खसेर एक महिला गम्भिर घाईते



दाङ, २१ फागुन ।
दाङमा चलिरहेको गाडीबाट खस्दा एक महिला गम्भिर घाइते भएकी छन् ।

तुलसीपुर-अमीलिया सडकखण्ड अन्तर्गत तुलसीपुर-१३ बखरियामा तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ज ७५४ नम्बरको उइङ्गर गाडीबाट खस्दा तुलसीपुर-८ बेलुवाका २७ वर्षिया खीमा रोकामगर गम्भिर घाईते भएको प्रहरीले जनाएको छ ।

चलिरहेको गाडीको ढोका अचानक खुल्दा गाडीबाट खसेर गम्भिर घाइते भएकी रोकामगरको टाउकोमा गम्भिर चोट लागेको छ ।

उहाँलाई राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार