२०८१ साउन ५ गते आइतवार

कटुवाखोला पुलबाट गाडी खस्यो



दाङ, २९ फागुन ।
दाङमा कार दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

घोराही-लमही सडखण्ड अन्तर्गत घोराही(१४ कटुवाखोला पुलबाट गाडी खस्दा ललितपुरको ललितपुर महानगरपालिका वडा नम्बर १५ का ४२ वर्षिय उज्जल केसी घाइते भएको प्रहरीले जनाएको छ ।

उहाँको निधार र छातिमा चोट लागेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । केसीको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ । घोराही लमहीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२८ च ९८५५ नम्बरको सुजुकी कार गएराती साढे ९ बजेतिर आफै अनियन्त्रीत सडकबाट १८ मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार