२०८१ साउन ५ गते आइतवार

तुलसीपुरबाट काठमाडौंको लागि छुटेको बस जुरौनीमा दुर्घटना



दाङ, ३० फागुन।

दाङकाे तुलसीपुरबाट काठमाडौंको लागि छुटेको प्रदेश ०३-०१-००६ ख- ०९७४ नम्बरको ब्लयु स्काइ बस गढवा गाउँपालिका वडा नम्बर १ जुरौनीमा दुर्घटना भएको छ।  बस मंगलवार राती करिब ९:४० बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।
बसको टाईरेटगोली फुत्किदा बस अनियन्त्रित भई सडक भन्दा ५ मिटर दायाँ गई सालको रुखमा ठोकिदा दुर्घटना भएको प्रहरी निरीक्षक वलीले जानकारी दिनुभयो। दुर्घटनामा परि घाइते भएकाहरुलाई राप्ति पोलिक्लिनिक पठाईको छ।
दुर्घटनामा परी घाइते ३ जनाको उपचार भैरहेको र अवस्था सामान्य रहेको छ।
घाईते हुनेहरुमा  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने बर्ष २१ की आस्था पौडेलको दुबै हात, छाती र टाउकोमा चोट लागेको छ । त्यसैगरी बसमा सवार तुलसीपुरकै बर्ष २२ का बाबुराम लामीछानेको दुबैहात र दुबै खुट्टामा चोट लागेको छ। बसमा सवार लमही नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४८ का बबिता शाहीको ढाडमा चोट लागेको ईप्रका गढवाका प्रहरी निरीक्षक नविन वलीले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार