२०८१ माघ १० गते बिहिवार

बागलुङ बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो



दाङ, ५ चैत ।
रुकुम पश्चिमबाट काठ्माण्डौँ जाँदै गरेको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । दुर्घटनामा परी पाँच जना पुरुष र चार महिलाको मृत्यु भएको हो । ७ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले बताउनुभयो।

दुर्घटनामा परी २४ जना घाइते भएका छन् । घाईतेलाई धौलागिरी अस्पतालमा लागिएको छ ।

घाइते मध्ये अधिकांशको अवस्था गम्भिर रहेको छ । बस बागलुङको निसीखोलामा सोमबार साँझ दुर्घटनामा परेको हो । मृतक ९ जनामध्ये २ जनाको मात्रै सनाखत भएको छ । रुकुम पश्चिम घर भएका बस चालक सुवास गौतम, बसधनी बवि नेपालीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा दुर्घटनामा परेको हो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार